७ चैत, रुकुम । एलएलसी परीक्षाको पहिलो दिन मंगलबार रुकुमको तकसेरा परीक्षा केन्द्रमा अंग्रेजी विषयको परीक्षा दिइरहेकी रेखा घर्ती परीक्षा हलमै छोरा जन्माएकी छन् । परीक्षा सुरु भएको एक घन्टामै रेखाले छोरा जन्माएकी हुन् । बच्चा जन्माएपछि रेखालाई नजिकैको स्वास्थ्य केन्द्रमा लगेर उपचार गराइएको थियो । परीक्षा हलमा जन्मिएको वच्चाको नाम प्रबेश राखिएको छ । रेखालाई परीक्षा पूरा गर्न एक घन्टा थप समय दिइएको केन्द्राध्यक्षले बताएका छन् ।
स्कुले विद्यार्थीका लागि फलामे ढोकाका रूपमा रहेको एसएलसी परीक्षामा मंगलबार पहिलो दिन विद्यार्थी अंग्रेजी विषयको परीक्षा दिंएका छन् । यो ७९ औं एसएलसी परीक्षा हो । यस वर्ष एसएलसी परीक्षामा देशभरबाट पाँच लाख २८ हजार दुई सय ५७ जना विद्यार्थी सामेल छन् । परीक्षा नियन्त्रण कार्यालयका अनुसार नियमिततर्फ चार लाख ४६ हजार एक सय ६६ र एक्जाम्टेडतर्फ ८२ हजार ९१ परीक्षार्थी छन् ।
यस वर्ष एसएलसी सेन्टअप परीक्षामा अनुत्तीर्ण गर्न नपाइने नियमलाई कार्यान्वयन गरिएकाले कक्षा १० मा अध्ययन गरेका प्रायः सबै विद्यार्थी नियमिततर्फबाट परीक्षामा सामेल भएका छन् । यसैगरी देशभरिका ८५ वटा खुला विद्यालयबाट करिब १० हजारले परीक्षा दिने बताइएको छ ।
यस वर्ष सबैभन्दा बढी काठमाडौँ जिल्लाका ३४ हजार १४ परीक्षार्थी परीक्षामा सामेल छन् । जसमा दुईजना विदेशी मूलका परीक्षार्थी छन् । त्यस्तै सबैभन्दा कम मनाङका एक सय पाँच परीक्षार्थी छन् । परीक्षाका लागि देशभरि एक हजार ७ सय ४८ परीक्षाकेन्द्र कायम गरिएको छ । (from - Onlinekhabar.com)
No comments:
Post a Comment